मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

डा. स्वस्ती शर्मासँग अन्तर्वार्ता: महिनावारी हुँदा पेट किन दुख्छ?

सामान्यतया ११ वर्षको उमेरदेखि १६ वर्ष उमेर समूहका किशोरीहरुमा पहिलो महिनावारी चक्र शुरु हुन्छ । किशोरीमा हुने विकास र परिवर्तनमध्ये महिनावारी पनि एक हो ।

कतिपय किशोरीका हकमा महिनावारी निकै सहज र सामान्य भए पनि कतिपयलाई भने महिनावारीको चार दिन निकै कष्टकर हुन्छ । पहिलो महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्ने, अत्यधिक रक्तश्राप हुने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा औषधि सेवन गर्नुपर्ने अवस्था पनि आउँछ ।

महिनावारीको समयमा अत्यधिक पेट किन दुख्छरु कोही महिला बिस्ताराबाट उठ्नै नसक्ने किन हुन्छन्? दुखाइ कम गर्ने उपायहरु के के हुन्छन्? लगायतका विषयमा स्त्री रोग विशेषज्ञ स्वस्ती शर्मासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

किशोरीहरुमा पहिलो महिनावारी हुँदा अत्यधिक पेट दुख्ने गर्छ, किन होला?

महिनावारीको समयमा पाठेघरको सतह बाक्लो अर्थात् शिशु जन्माउन तयार भएको हुन्छ । तर, बच्चा नबसेपछि उक्त लेयर ९तह० मा रक्तश्राव हुँदा टुटेर निस्किन्छ । त्यस कारण पेट दुख्ने हुन्छ । साथै धेरै रगत बगिरहेको छ, पाठेघरमा मासु नै पलाएको छ अथवा तह लामो भएको छ भने पनि महिनावारीका बेला पेट दुख्ने गर्छ । डिम्बासयमा पानीको फोका भएमा पनि पेट दुख्ने समस्या देखा पर्छ । महिलामा अन्य रोगको संक्रमण भएमा पनि पेट दुख्ने हुन्छ ।

त्यसो भए कस्तो दुखाइ सामान्य र कस्तो खालको दुखाइ जटिल हो?

महिनावारी भएको दुई दिनसम्म अलिअलि मात्रै पेटको दुखाइ हुन्छ । यो सामान्य दुखाइ हो । तर, कहिलेकाहीँ दुखाइ कम गर्ने औषधि खाँदा पनि दुख्न नछोड्ने र महिनावारी भएको दुई हप्तासम्म पनि पेट दुखिरहन्छ भने यो जटिल दुखाइ हो । यस्तो अवस्थामा नजिकैको अस्पतालमा गएर डाक्टरको सल्लाह लिनुपर्छ । हामीकहाँ सकभर रोग लुकाउने समस्या छ, यसले दीर्घकालीन समस्या पनि देखा पर्न सक्छ ।

महिनावारीको दुखाइ वंशाणुगत कारणले पनि हुन्छ भनिन्छ, यसमा कत्तिको सत्यता छ?

त्यस्तो हुँदैन । आमालाई पेट दुख्यो भन्दैमा छोरीलाई पनि दुख्ने भन्ने हुँदैन । तर, कुनै वंशानुगत रोग आमाछोरी दुवैलाई छ भने आमा र छोरी दुवैको पेट दुख्ने समस्या भने हुनसक्छ ।

महिनावारीका बेलामा दुखाइ कम गर्ने घरेलु उपाय छ?

महिनावारीका समयमा धेरै मात्रामा पानी पिउनुपर्छ । यस्तै वाटर ब्यागले तल्लो पेट सेक्दा पनि दुखाइ कम हुन्छ । साथै तातो पानीले नुहाउनुपर्छ । आजभोलि त अझ बजारमा दुखाइ कम गर्ने प्याड ९पिरियड्स प्याड० हरु पनि पाइन्छ । त्यसलाई पेटमा लगाउँदा पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै झोलिलो खानेकुरा खाने, तातो सुपहरु खाने गर्दा पनि दुखाइ कम हुन्छ ।

महिनावारीको दुखाइ कम गर्नका लागि दुखाइ कम गर्ने औषधिको प्रयोग पनि पाइन्छ, यो कत्तिको सुरक्षित छ?

बजारमा थुप्रै प्रकारका दुखाइ कम गर्ने औषधि ९पेन किलर० पाइन्छन् । त्यस्ता औषधिहरु सकभर सेवन गर्नु हुँदैन । ती औषधिले ग्याष्ट्रिक बनाउँछन् । तर, महिनावारीकै दुखाइ कम गर्नका लागि बनाइएका ‘मेफ्टल’ जस्तो औषधिले भने खासै असर गर्दैन । कतिपय अवस्थामा अति नै पेट दुखेको छ तर पेन किलरले पनि काम गरेको छैन भने गर्भ निरोधक चक्की पिल्सको सेवन गर्दा पनि खासै फरक पर्दैन ।

महिनावारीको दुखाइ सन्तान जन्मिसकेपछि आफै ठीक हुन्छ भन्ने प्रचलन पनि छ, यसमा सत्यता छ?

यसमा कुनै सत्यता छैन । यो नेपाली समाजमा मानिँदै आएको एउटा अड्कल मात्र हो । विवाहपछि महिनावारीको समयमा अत्यधिक पेट दुखेको भन्दै उपचारका लागि आउने दिदी बहिनीहरु पनि धेरै हुनुहुन्छ । यो सबै मनगढन्ते कुरा हो ।

महिनावारीको समयमा कति दिन रक्तश्राव हुनुलाई सामान्य मान्ने?

सामान्यतया २८ देखि ४० दिनको अन्तरालमा २ देखि ६ दिनसम्म रत्तश्राव हुनु सामान्य हो । तर सात दिनभन्दा बढी समयसम्म पनि रक्तश्राव भइरहन्छ, अझ पेन किलर खाँदा पनि पेट दुख्न छोड्दैन भने यो सामान्य कुरा होइन । अझ १५ दिनमै पुनः महिनावारी हुन्छ भने पनि यसलाई सामान्य मान्न सकिँदैन ।

महिनावारी हुने भनेको शरीरमा भएको फोहोर रगत निष्कासन हुने पक्रिया हो भन्ने पनि छ नि?

यो बुझाइ पनि गलत हो । पहिलो कुरा त महिनावारीको चक्र शुरु हुनु भनेको एक महिला आमा हुन तयार भएको अवस्था हो । महिनावारी हुने समयमा पाठेघरमा एउटा बाक्लो तह बनेको हुन्छ । जुन तह गर्भधारणका लागि बनेको हुन्छ । तर महिलामा गर्भ नरहेको हकमा त्यो तह टुटेर महिनावारी हुने हो । जुन शरीरको फोहोर रगत नभएर गर्भधारणका निमित्त तयार बनेर बसेको तह टुक्रिएको अवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?