काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले शिक्षण अस्पतालमा दोस्रोपटक दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको हो।
चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए। ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन्। १६ दिनपछि ती बिरामी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको २६ माघमा कलेजो प्रत्यारोपण भएको थियो ।
डा. भण्डारीले भने, बिरामीमा कुनै नकारात्मक प्रतिकृया पनि देखिएको छैन, हाम्रै उकरण र स्वास्थ्यकर्मीकै साथमा दोस्रोपटकसम्म सफल प्रत्यारोपण गर्न सफल भयौँ जसले गर्दा अब त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको महसुस गरेका छौँ।’
एक महिनाको अन्तरालमा त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सकहरूले दुईवटा कलेजो आत्मनिर्भर रूपमा प्रत्यारोपण गरेका छन्। यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले नेपालमै पहिलोपटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो। त्यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुको सहायता लिदैं आइएको थियो।
तर, २७ पुसमा नेपाली चिकित्सकहरुकै टोलीले पहिलो सफल कलेजो प्रत्यारोपण गरेपछि लगतै त्रिविकै टिमले दोस्रो कलेजो प्रत्यारोपण गरेको हो। समग्रमा यो त्रिवि शिक्षण अस्पतालमा भएको १२ औँ सफल कलेजो प्रत्यारोपण हो भने नेपाली चिकित्सकहरुकै टिमले गरेको दोस्रो।
१७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलोपटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ।
प्रत्यारोपण सर्जन डा. भण्डारीका अनुसार अबदेखि सधैँ महिनामा एकवटा कलेजो प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल सक्षम रहेको बताए। उनका अनुसार प्रत्यारोपण गर्नुपर्ने र गर्न मिल्ने बिरामीले २५ देखि ३० लाख खर्चमा शिक्षण अस्पतालमा प्रत्यारोपण गर्न सक्नेसमेत बताए।
१७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलो पटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ।
समग्रमा यो त्रिवि शिक्षण अस्पतालमा भएको १२ सफल कलेजो प्रत्यारोपण गरिसकेको छ। तर पछिल्लो दुइवटा प्रत्यारोपण भने नेपाली चिकित्सकहरुकै टिमले गरेको हाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया