मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको घरमा हुनै पर्ने यी ६ अत्यावश्यक औषधि

हामी नेपालीहरूको बानी के छ भने जब केही कुराको आपत् पर्छ तब मात्रै खोजी गर्दछौ । सरल भाषामा भन्नुपर्दा हामी पूर्व सावधानी अपनाउँदैनौ ।

कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन ।

दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिँदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ । प्राथमिक उपचारका लागि कतिपय मेडिकल सामग्रीहरू आवश्यक हुन्छन् ।

यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस मा निम्न केही महत्त्वपूर्ण औषधि हुनु जरुरी छ ।

पारासिटामोल
पारा सिटामोल दुखाइ कम गर्ने र ज्वरो कम गर्ने औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोलका लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन ।

तर जथाभाबी वा लगातार खानु हानिकारक हुन्छ । साना बालबालिकालाई पारा सिटामोल खुवाउँदा निकै सावधानी अपनाउनुपर्छ ।

यदि बच्चालाई ज्वरो आएको छ र एक महिनाभन्दा कम उमेरको छ भने प्रतिकेजी वजनको १० देखि १५ मिलिग्राम पारा सिटामोल चारदेखि ६ घण्टाको अन्तरालमा दिइन्छ । १२ वर्षसम्मका बच्चालाई ६ देखि आठ घण्टाको अन्तरालमा सोही मात्रा दिनुपर्छ ।

आइबुप्रोफेन
आइबुप्रोफेन एक ननस्टेरोइडल एन्टिइन्फ्लेमेटरी औषधि हो । यसले ज्वरो, दुखाइ र सुन्निने समस्यामा कम गर्छ । यसले दुखाइको बेला शरीरमा निस्कने विशेष प्राकृतिक पदार्थ (प्रोस्टाग्ल्यान्डिन)को उत्पादनलाई रोकेर पीडा कम गर्छ ।

कडा टाउको दुखाइ, दाँत दुखाइ, मांसपेशी दुखाइ लगायत समस्यामा आइबुप्रोफेन खान सकिन्छ । यो औषधि चारदेखि ६ घण्टाको फरकमा केही खानेकुरा खाएपछि खान सकिन्छ ।

खाली पेटमा खाँदा ग्यास्ट्रिक हुन सक्ने सम्भावना बढी हुनसक्छ । यदि दम, रगतसम्बन्धी विकार, मुटुसम्बन्धी विकार, उच्च रक्तचाप वा आन्द्राको सङ्क्रमण छ भने यो औषधि सेवन घातक हुनसक्छ । त्यसैले यी समस्या भएकाले चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ ।

एलर्जीको औषधि
कसै कसैलाई खानपानका कारण वा अन्य विभिन्न कारण शरीरमा एलर्जी हुने गर्छ । त्यस बेला तत्काल औषधि नभएमा समस्या निम्तिन सक्छ । त्यसैले अस्पताल पुग्नुभन्दा अगावै एलर्जीको औषधि खुवाउनुपर्छ ।

त्यस्तै एन्टिहिस्टामिन समूहमा पर्ने औषधिहरू जस्तै– सेट्रिजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनले एलर्जीलाई कम गर्ने र खुम्चिएका श्वासनलीलाई फुलाउने हुँदा धेरै आराम पुग्छ ।

कतिपय अवस्थामा जीवन बचाउनेसम्म हुन्छ । तर यस्ता औषधिको सेवन पनि चिकित्सकको परामर्शमा नै गर्नुपर्छ ।

अपचको औषधि ‘डाइजिन’
बासी खानेकुरा, चिल्लो युक्त खानेकुरा वा बाहिरको खाना खाँदा पेट दुख्ने, वायु बन्ने, अपच हुने जस्ता धेरै समस्या निम्त्याउँछ, यसबाट राहत पाउन डाइजिन खान सकिन्छ । डाइजिन गुलाफी तरल वा चक्कीको रूपमा बजारमा आउँछ ।समस्या भएपछि तत्काल राहत पाउन एक चक्की औषधि खान सकिन्छ ।

लामो समय चिकित्सकको सल्लाहबिना भने प्रयोग गर्नु हुँदैन । यस्ता औषधि प्रयोग गर्दा चिकित्सकको सुझावमा लिनु उपयुक्त हुन्छ ।

डाइजिनका साथै इनो, डाइजिन र पुदिनहरा जस्ता औषधि खान सकिन्छ । यस्ता औषधि पेटको समस्याबाट तुरुन्त राहत प्रदान गर्न यो उपयोगी हुन सक्छन् ।

जीवनजल
दिनभरमा कम्तीमा तीन पटक पातलो दिसा लाग्ने अवस्था पखाला ९डायरिया० हो । यो बेला शरीरमा रहेको तरल पदार्थको क्षति भई जलवियोजन हुनसक्छ । जलवियोजनबाट बच्नका लागि जीवनजल पिउन सकिन्छ ।

जीवनजल सानो आन्द्रामा अवशोषित भएर दिसाका माध्यमले शरीरबाट गुमेको पानी र इलेक्ट्रोलाइट ९लवण पदार्थ०को कमीलाई पूर्ति गर्छ । झाडापखाला र हैजाको उपचारका लागि जीवनजल अमृत जल नै हो ।

एक लिटर उमालेर सेलाएको पानीमा एक प्याकेट जीवनजल मिसाएर पिउन सकिन्छ सामान्यतया एकपटक पातलो दिसा भएपछि एक पटकमा एक गिलास पिउन सकिन्छ । एक पटक बनाएको जीवनजल २४ घण्टा मात्र पिउन सकिन्छ ।

हाइड्रोकोर्टिसोन क्रिम वा मल्हम
हाइड्रोकोट्रिसोन मल्हम विभिन्न प्रकारका छाला सङ्क्रमणको उपचार गर्न प्रयोग गरिन्छ । यसले रातोपन, सुन्निने र चिलाउने जस्ता लक्षणलाई कम गर्छ ।

यसले सङ्क्रमणको कारण हुने सूक्ष्म जीवहरूको वृद्धिलाई पनि रोक्छ । यो मल्हम बाहिरी प्रयोगको लागि मात्र हो ।

डाक्टरको सल्लाहमा मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ । औषधिको पातलो तह सफा र सुक्खा हातले छालाको प्रभावित क्षेत्रमा मात्र लगाउनुपर्छ ।

सामान्यतया यो एक सुरक्षित औषधि हो, तर पनि यसले प्रयोग गरेको ठाउँमा जलन, चिलाउने र रातो हुने जस्ता समस्या निम्त्याउन सक्छ । यसका साइड इफेक्टहरू सामान्य खालका हुन्छन् ।

गम्भीर साइड इफेक्ट धेरै विरलै हुन्छ । यदि शरिरमा डाबर आउने, चिलाउने, सास फेर्न गाह्रो हुने जस्ता कुनै पनि एलर्जी प्रतिक्रिया देखियो भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?