मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकाको दिमाग तेजिलो बनाउन खुवाउनुहोस् यी सात ‘सुपर फुड’

बालबालिकाको मानसिक विकासका लागि सानैदेखि उनीहरूको खानपानमा ध्यान दिनु निकै आवश्यक छ ।

१ देखि ३ वर्षसम्मका बालबालिकाको आहारमा आवश्यक पोषण समावेश गरिएमा उनीहरूको मस्तिष्कको विकास धेरै गुणा छिटो हुने र जटिल काम पनि सजिलैसँग समाधान गर्न सक्ने युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अनुसन्धानमा देखाएको छ ।

मस्तिष्कको विकासका लागि सबै प्रकारका पोषक तत्त्व आवश्यक भएता पनि केही यस्ता कुराहरू छन् जसले मस्तिष्कको विकासमा मद्दत गर्छ ।

स्वस्थ मस्तिष्क विकासका लागि बालबालिकाको आहारमा कोलाइन, फोलेट, आयोडिन, आइरन, पोलीअनस्याचुरेटेड फ्याटी एसिड, ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, भिटामिन ए, डी, बी६ र बी १२, जिङ्क आदि समावेश गर्नु निकै फाइदाजनक हुन्छ । सानै उमेर देखि यो सम्भव छ ।

अण्डा

पहिलो सुपर फुड भनेको अण्डा हो, हो, अण्डामा मस्तिष्कको विकासका लागि आवश्यक पर्ने सबै कुराहरू हुन्छन् । ८ वर्षसम्मका बच्चालाई दैनिक २ वटा अण्डा दिनुभयो भने उसको लागि निकै फाइदाजनक हुन्छ ।

माछा 

बालबालिकाका लागि निश्चित रूपमा समुद्री खाना अर्थात् ओमेगा ३ फ्याटी एसिड भएको माछा र टुनाजस्ता खाना खान दिनुहोस्।् । फ्याटी एसिडका अलावा यसमा प्रोटिन, जिङ्क, आइरन, कोलाइन, आयोडिन आदि प्रशस्त मात्रामा पाइन्छ जसले मस्तिष्कको विकासमा मद्दत गर्छ ।

हरियो तरकारी

हरियो पातदार तरकारीहरू जस्तै पालक, काउली आदिमा प्रशस्त मात्रामा आइरन र फोलेट पाइन्छ जसले स्मरण शक्तिलाई तीखो बनाउन र सिक्ने क्षमता बढाउन मद्दत गर्छ । यस्तो अवस्थामा बालबालिकालाई आफ्नो आहारमा कम्तीमा एक कप तरकारी खुवाउनु पर्छ ।

दही 

बालबालिकालाई दही असाध्यै मन पर्छ । तपाईँ ताजा दही तयार गरेर आफ्ना बालबालिकालाई खुवाउन सक्नुहुन्छ । दहीले मस्तिष्कको विकासका साथै स्नायु प्रक्रियालाई पनि सुधार गर्न सक्छ । यति मात्र होइन, यसले बालबालिकामा हुने आयोडिनको कमीलाई पनि हटाउन सक्छ ।

बदाम 

बदाम पनि बच्चाहरूलाई खुवाउनु पर्छ । मस्तिष्कको विकासका लागि यो निकै उपयोगी हुन्छ । यसमा भिटामिन, मिनरल्स, आइरन, जिङ्क, ओमेगा ३ फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ, जसले मस्तिष्कको शक्ति बढाउँछ, स्मरण शक्तिमा सुधार गर्छ र सिक्ने क्षमता बढाउन सक्छ ।

बालबालिकाको आहारमा विभिन्न प्रकारका सिमी र राजमा समावेश गर्नु मस्तिष्कको विकासका लागि निकै फाइदाजनक हुन्छ । यसमा जिङ्क, प्रोटिन, आइरन, फोलेट, कोलाइन आदि पाइन्छ । तपाईँ सजिलै बच्चाहरूलाई सोयाबीन र किड्नी बीन्स दिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?