मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केपी ओलीका हात परे दुई उपन्यास, कहिले पढ्लान् ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नगरेको के होला ? उनी कहिले फुटबल खेलेर चर्चामा आउँछन् त कहिले फिल्म खेल्ने घोषणा गरेर । उनी कहिलेकहीँ क्यारेम, टेनिस पनि खेलिरहेका हुन्छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली सारंगी मुरली बजाउन पनि सिपालु छन् । उनी नयाँ नयाँ किताब पनि पढिरहेका हुन्छन् ।

हालै उनले सागर खड्काको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालको उपन्यास पीपला हात पारेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अध्यक्ष ओलीले आफूले दुई वटा उपन्यास हात पारेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सागर खड्काले लेख्नु भएको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालले लेख्नु भएको उपन्यास पीपला हात परेको छ ।’

अध्यक्ष ओलीका अनुसार सागर खड्काको राइपाली भञ्ज्याङले सय वर्षअगाडिको लाहुरे संस्कृतिको चर्चा गरेको छ । त्यस्तै, पीपलाले भने विगतको सशस्त्र हिंसाबारे चर्चा गरेको उनले लेखेका छन् । उनले अहिले ती किताब नपढेको भन्दै दुवै किताब पढिसकेपछि प्रतिक्रिया दिने जनाएका छन् ।

उनले लेखेका छन्, ‘राइपाली भञ्ज्याङले सय वर्ष अगाडिको लाहुरे संस्कृति र पीपलाले विगतको सशस्त्र हिंसाबारे चर्चा गरेको रहेछ । यी दुवै किताब पढिसकेपछि प्रतिक्रिया दिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?