मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई पकाएको चियापत्ती फाल्नुहुन्छ ? हुनसक्छ यति धेरै उपयोगी

नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने उत्पादन हो – चिया । जहाँ बिहानै चिया पिउने अधिकांशको बानी समेत हो ।

घरमा होस या अफिसमा दिनमा कयौँ पटक चिया बन्ने मात्र हैन कयौँ कप खाने आम नेपाली प्रचलन कै रूपमा रहेको छ ।

यसरी चिया पकाउँदा प्रत्येक पल्ट हालिने चियापत्ती भने हामीले एक चोटि प्रयोग गरेपछि फाल्ने गरेका हुन्छौँ ।

तर तपाईँलाई यो कुरा रोचक लाग्न सक्छ यसरी फालिने चियापत्तीलाई पनि हामी विभिन्न काममा उपयोग गर्न सक्छौ । आउनुहोस् आज हामी यसैको प्रयोग बारे जानौँ । 

बिरुवाका लागि मल 

प्रयोग भइसकेको चिया पत्ती बिरुवाको मलका रूपमा प्रयोग गर्न सकिन्छ । यसका लागि हरेक दिन प्रयोग भएको चिया पत्ती फोहोरमा नफाल्नुहोस् । बरु सङ्कलन गर्नुहोस् र धुनुहोस् । जसकाे प्रयोगले तपाईँले रोपेको बिरुवा हुर्किने छ । 

कपाल चम्काउन

यस्तो चिया पत्ती सफा पानीले धुनुहोस् र फेरि उमालेर छान्नुहोस । यो पानीलाई चिसो बनाएर कपाल धुनुहोस् । यसले तपाईँको कपाल मुलायम र चम्किलो बनाउने छ । 

घाउमा लगाउन

उमालेको चियापत्तीमा ‘एन्टी अक्सीडेण्ट’ पाइन्छ । यसको प्रयोग तपाई घाउ निको बनाउन गर्न सक्नुहुन्छ । त्यसका लागि प्रयोग भएको चिया पत्ती धोएर फेरि उमाल्नुहोस् । अब यसको लेप बनाएर घाउ भएको ठाउँमा लगाउनुहोस् । अनि अर्को कुरा जुन पानीमा चिया पत्ती उमाल्नुभयो त्यसलाई पनि नफाल्नुहोस् बरु घाउ सफा गर्न प्रयोग गर्नुहोस् ।

सिसा चम्काउन

घरमा प्रयोग भएका सिसा सफा गर्नु हाम्रा लागि तनावकै विषय हो । कपडाले सफा गर्दा त्यसमा रेसा बस्ने समस्या हुन्छ भने राम्रोसँग चम्किँदैन पनि । यस्तो अवस्थामा प्रयोग भएको चिया पत्ती फेरि उमालेर उक्त पानी ‘स्प्रे’ गर्नुहोस् अब कागजले सफा गर्नुहोस् । सिसा चम्किने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?