मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नुहाउने बित्तिकै गर्न नहुने यी गल्तीहरू 

हामीले नुहाउन साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न भइरहेका हुन्छन् । दिनभर आफूले गर्ने कामहरूको बारेमा ध्यान नदिँदा पनि कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ ।

त्यति मात्र हैन कपालको स्याहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय मानिसहरूको त तालु नै खुइलिन्छ । कपालको जरा कमजोर भएर झर्ने गर्छ ।

यस्तो बेला गरेको सामान्य थोरै गल्तीले पनि कपाल झर्ने र टुक्रिने समस्या बढ्दै जान्छ । आज हामी तपाईँलाई थाहा नभएका नुहाउँदा हुने गल्तीका बारेमा जानकारी दिन गइरहेका छौँ ।

नुहाउने बित्तिकै कतै तपाईँले पनि यस्तै गल्ती गरिरहनुभएको त छैन ?

–नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ ।

–नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन। । यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ । यस कारण नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला । 

–नुहाउने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन । जसको कारण कपालमा इन्फेक्सन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।

–हेयर स्टाइलिङ् मेसिनको प्रयोग र कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भइ झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।

–चिसो कपाल लिएर बाहिर निस्कनु हुँदैन । यसो गर्दा कपालमा इन्फेक्सन हुनुको साथै धुलोहरूको कारण चाया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?