मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ फिल्म बनाउँदै समुद्र, निश्चल र एलिजाको मुख्य भूमिका रहने

काठमाडौँ – निर्देशक समुद्र भट्टले नयाँ नेपाली फिल्म  बनाउने भएकी छन् । जसका लागि शनीबार नै नायिका एलिजा गौतम र नायक निश्चल खड्का मुख्य भूमिकामा अनुबन्ध गरिएको छ ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको सिनेमाको ‘टाइटल’ सार्वजनिक गरिएको छैन । आउँदो वैशाखभित्रै छायाङ्कन सुरु गर्ने निर्माण पक्षको तयारी छ ।

लभ स्टोरी क्राइम थ्रिलरको सिनेमामा समुद्रकै कथा रहने निर्माण पक्षले जानकारी गराएको छ । समुद्रले यसअघि निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।

त्यस्तै मूख्य भूमिका रहने निश्चलले फिल्म ‘लण्डन टू पेरिस’मा काम गरिसकेका छन् । यता, एलिजाको भने ‘अनुराग’मा काम गरेपछि नयाँ फिल्ममा काम गर्ने अवसर मिलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?