मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी खिच्न सकिन्छ मोबाइलबाट उत्कृष्ट फोटो

काठमाडौँ– ‘कस्तो नराम्रो फोटो खिचेको, तँलाई राम्रो फोटो खिच्न नै आउँदैन’ फोटो खिच्ने वेलामा धेरैले यो वाक्य सुन्ने र सुनाउने गर्छन् । किनकि सबैलाई आफ्नो फोटो राम्रो नै आएको मन पर्छ ।

धेरैको सोचाइ डीएसएलआर क्यामराबाट मात्रै राम्रो फोटो आउँछ भन्ने हुन्छ । तर त्यस्तो होइन, तपाइसँग रहेको मोबाइलबाट पनि राम्रो फोटो खिच्न सकिन्छ । 

आज हामी तपाइलाई मोबाइलबाट नै कसरी राम्रो फोटो खिच्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । 

कसरी खिच्न सकिन्छ मोबाइलबाट उत्कृष्ट फोटो :

पोट्र्रेट मोडको प्रयोग गर्ने– यदि तपाइ आकर्षक ‘ब्लर ब्याकग्राउण्ड’ चाहनुहुन्छ भने पोट्र्रेट मोडको प्रयोग गर्न सकिन्छ ।

फ्लास लाइटको प्रयोग कम गर्ने– फोटो खिच्दा फ्लास लाइटको प्रयोग गर्नुहुँदैन । किनकि पर्याप्त प्रकाशमा फ्लास लाइटको प्रयोगले फोटो नराम्रो देखिन्छ ।

जुम नगर्ने– धेरै व्यक्तिहरूले फोटो खिच्ने बेला जुमको प्रयोग गर्छन् । तर, फोटो खिच्दा धेरै जुम गरियो भने फोटोको पिक्सेल फाट्छ  । जस कारण फोटो राम्रो आउँदैन ।

ग्रिडलाइनको प्रयोग गर्ने– ग्रिड लाइनको मद्दतले तपाईँ सहजै अब्जेक्टमा फोकस गर्न सक्नुहुन्छ र शानदार फोटो खिच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?