मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख र सलमान खानको ‘टाइगर भर्सेस पठान’ कहिले हुन्छ रिलिज 

काठमाडौँ– शाहरुख खान र सलमान खानले अभिनय गर्ने फिल्म ‘टाइगर भर्सेस पठान’ को बारेमा केहि महत्वपुर्ण खुलासा भएको छ  । 

यो फिल्म, फिल्महलमा रिलिज हुने मितिका बारेमा केही खुलासा भएको छ । 

यो फिल्मको सुटिङ पनि सुरु भएको छैन तर पनि भारतीय मिडियाहरूले यो फिल्म रिलिज हुने मितिका बारेमा केही तथ्यहरूको खुलासा भएको जनाएका छन् । 

फिल्म निर्माता समूहले भने यसबारेमा औपचारिक खुलासा भने गरेका छैनन् । 

हालै सार्वजनिक भएको एक रिपाेर्टका अनुसार शाहरुख खान र सलमान खानले यो फिल्मको लागि आफ्नो समय दिने भएका छन् ।

बलिउड हंगामाले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२६ मा सार्वजनिक हुनेछ । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्नेछन् ।

‘पठान २’ को छायाङ्कन सकिएपछि मात्रै ‘टाइगर भर्सेस पठान’ को छायाङ्कन सुरु हुने रिपाेर्टमा उल्लेख गरिएको छ । 

‘पठान २’ यो सन् २०२४ को अन्त्यसम्ममा फिल्महलको लागि रिलिज गर्ने तयारीका साथ निर्माण समूहले काम गरिरहेको छ । 

यहीँ फिल्मले ‘टाइगर भर्सेस पठान’ को लागि मञ्च तयार गर्ने भारतीय मिडियाहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?