मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समुद्रको आगामी फिल्ममा निश्चल र एलिजा

काठमाडौँ– निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।

आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ ।

लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ । अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ ।

निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?