मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हास्य कलाकार नारायण त्रिपाठीले ‘चमेलीको पोई’ बाट ‘कमब्याक’ गर्ने

काठमाडौं- हास्य कलाकार नारायण त्रिपाठीले निर्देशक एभरेष्ट सूर्य बोहराको फिल्म ‘चमेलीको पोई’ बाट ‘कमब्याक’ गर्ने भएका छन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएका हुन् । यस फिल्म सन् २०२४ मै छायांकन सकेर प्रदर्शनमा आउने तय भएको छ ।

कमेडी जनराको फिल्मका बाँकी कलाकारबारे केही खुलाइएको छैन ।

फिल्मजगतमा ‘प्रेमचरो’ को उपनामले परिचित कलाकार त्रिपाठीले निर्देशक बोहराको फिल्म ‘अग्नी परीक्षा’मा पनि अभिनय गरेका छन् । फिल्ममा नारायणको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?