मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट वरिष्ठ पत्रकार भण्डारी सम्मानित

काठमाडौं- यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन् ।

कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो ।

आज (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले नगद १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।

डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?