मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नापतौल यन्त्रको जाँचमा अनियमितता र तौलमा ठगी गर्नेलाई जरिवाना

काठमाडौं- नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही गरेको जनाएको छ ।

सो कार्यालयवाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त सङ्ख्यामा कारबाही गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए । उनका अनुसार कार्यालयले चालू आवको उक्त अवधिमा सात सय ६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरिएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा उद्योगीलाई २०८०/८१ को साउनदेखि माघसम्ममा सो इजाजतपत्र प्रदान गरिएको जनाइएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले सात महिनाको अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको यन्त्रको जाँचसमेत गरिएको प्रमुख दासले जानकारी दिए । उनका अनुसार एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ पम्पको नोजल जाँचलगायत जाँच गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?