मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लाइपोमा कस्तो रोग हो ? कसरी लाग्छ ?

यो रोग हामीले निकै कम सुनेको रोग हो । लाइपोमा भनेको एकदम साधारण खालको रोग हो । जुन शरीरको छालाभित्र र मासुभन्दा माथिको भागमा आउने गोलाकार वा अण्डाकार आकारको बोसाले बनेको तन्तु हो ।

यो शरीरको जुनसुकै भागमा आउने भएकाले यसलाई युनिभर्सल ट्युमर पनि भन्ने गरिन्छ । यो रोग बाहिर आम मानिसमा त्यति धेरै परिचित नभएपनि छाला रोगको ओपिडिमा,सर्जिकल ओपिडीमा आउने एक कमन रोग हो ।

यो रोग सामान्य नै भएको हुनाले चिकित्सकहरूले सकेसम्म बिरामीहरूलाई अपरेशन गर्ने सल्लाह दिँदैनन् । तर यदि बिरामीले नै चाहन्छ अनि सौन्दर्यका हिसाबले पनि नराम्रो देखिने ठाउँ जस्तै अनुहार, हातहरू जस्तै देखिने भागहरूमा आयो भने मात्रै शल्यक्रिया गर्ने गरिन्छ । 

यो रोग लाग्नुको मुख्य कारणहरू

यो रोग लाग्ने ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन । धेरथोर वंशाणुगत कारण पनि यो रोगमा लागु हुन्छ । जस्तै हाम्रा बाजे,पुर्खाहरूमा यो रोग लागेको छ भने हामीलाई लाग्ने सम्भावना पनि अधिक हुन्छ । 

यसका लक्षणहरू 

–यो रोग लाग्दा सुरुमा सुन्निने,डल्ला–डल्ली गिर्खाहरू आउने हुन्छ । –मासुको डल्लो जस्तो सानो आकारको हुनेहुदाँ र छुँदा निकै चिप्लो हुने र बढ्दै जाने  प्रकारको हुन्छ । 

–यो एकै मानिसमा पन्ध्र–बिस ओटा सम्म पनि आउनसक्छ । तर आत्तिनुपर्ने,डराउनुपर्ने अवस्था भने हुँदैन ।

–केही केही केशमा भने निकै दुख्ने खालको र नशा थिच्चीने समस्या पनि हुन्छ । यस्तो अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ । 

यो रोग निकै सामान्य र साधारण रोग भएको कारण डराउनुपर्ने,आत्तिनुपर्ने अवस्था छैन ।

पछिल्लो समय मानिसहरूमा चेतनाको स्तर वृद्धि हुँदै गइरहँदा शरीरमा मासु,गाठाहरु आउनसाथ क्यान्सर भयो भन्ने त्रास बोकेर मानिसहरू उपचार गराउन पुग्छन।

तर यो रोग लाग्दा त्यस्तो आत्तिनुपर्ने अवस्था हुँदैन । अपरेशन नै नगर्दासम्म पनि यो ठिक नहुने भन्ने हैन । पेटभित्र,मुटुभित्र लाईपोमा भएको अवस्थामा भने अल्ट्रसाउन्ड गरेर मात्रै पत्ता लाग्छ ।

तर अन्य भागहरूमा आउँदा सामान्य हिसाबले नै लिँदा हुन्छ र आफै ठिक हुँदै जाने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?