मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख र गौरीको बिहे किस्सा : एकै दिन तीन चोटि बिहे,दार्जिलिङमा ‘हनिमुन’

काठमाडाैँ– शाहरुख खान र गौरी खानको बिहेबारे कलाकार विवेक वासवानीले किस्सा शेयर गरेका छन् । उनी शाहरुखका धेरै पुराना साथी हुन् भने उनको बिहेमा सहभागी समेत भएका थिए । 

विवेकले सिद्धार्थ कननलाई दिएको अन्तरवार्तामा बताएका छन् कि शाहरुखले एकैदिन तीन चोटि बिहे गरेका थिए ।

शाहरुख र गौरीले पहिलो चोटि हिन्दु परम्पराअनुसार र लगत्तै मुस्लिम परम्परा अनुसार बिहे गरेका थिए । त्यही दिन नै उनीहरूले अदालती बिहे समेत गरे । 

बिहे पश्चात् यो जोडी दार्जिलिङ गएको थियो । किनभने यो बेला शाहरुखको फिल्म ‘राजू बन गया जेन्टलमेन’ को शिर्षगीतको सुटिङ गर्नुपर्ने थियो । 

विवेक सम्झिन्छन् – ‘यो पक्का थियो उनीहरू मुम्बई फर्किएपछि मेरो घरमा बस्दैनन्,त्यसैले मैले उपहारका रूपमा सन एण्ड सेन्ड होटेलमा पाँच दिनका लागि रुम बुक गराएको थिए।’

त्यसपछि शाहरुख र गौरी अपार्टमेन्टमा सिफ्ट भएका थिए । जुन अपार्टमेन्टका मालिक फिल्म निर्माता अजीज मिर्जा थिए । 

शाहरुख र गौरीको विवाह सन् १९९१ अक्टोबर २५ तारिखमा भएको थियो । जति वेला शाहरुख फिल्म उद्योगमा संघर्षरत थिए भने विवेकले आफ्नो परिचय बनाई सकेका थिए ।

यी दुवै जना ‘किङ अंकल’,‘राजू बन गया जेन्टलमेन’ र ‘जोश’ मा एकसाथ देखिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?