मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ कब्जियत ? कसरी बच्ने ?

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक स्वास्थ्य समस्या हो । अथवा सरल भाषामा भन्नुपर्दा दिसा हुन कठिनाइ हुने, दैनीक रूपमा नहुने जस्ता समस्याहरू देखा पर्दछन् । 

कब्जियत हुने थुप्रै कारणहरू रहेका छन् । कतै तपाईँले यी गल्तीहरू गरिरहनु भएको त छैन ? जसले तपाईँलाई कब्जियतको समस्या निम्त्याएका हुनसक्छ । 

–सामान्यतया हप्तामा ३ पटकसम्म दिशा भएको अवस्थालाई सामान्य मानिन्छ । यदि कसैलाई हप्तामा ३ पटकसम्म दिसा भएन भने कब्जियत भएको भनेर बुझ्नपर्छ । 

–मोटो आन्द्रामा दिसा बन्छ । कहिलेकाहीँ मोटो आन्द्रा नै अल्छी भइदिन्छ । हामीले खाएको खाना पचेर आएको घोल आन्द्रामा आउँछ । यसर्थ आन्द्राको मुभमेन्ट कम भयो भने दिसा आउँदैन ।

–सही तरिकाले दिसा गर्न नजान्दा पनि कब्जियत हुन्छ । थाइराइडको मात्रा कम भएको अवस्था, मलद्वारमा पोलिभ भएमा, आन्द्रामा क्यान्सर भएमा पनि कब्जियत हुनसक्छ । 

–कब्जियत हुन नदिन पानी र फाइबर निकै महत्त्वपूर्ण मानिन्छ । जाडोमा दिसा गर्न जान अल्छी गरेर, च्यापेर बस्ने बानी पनि कतिपयको कारण हुन्छ । यस्तो बानीले कब्जियतको समस्या देखिन्छ । समयतालिका बनाएर दिसा गर्ने बानी बसाल्नुपर्छ ।

बच्ने उपाय 

–कब्जियतबाट जोगिन नियमित व्यायाम, रेसादार खानेकुरा खानुपर्छ ।

–बिहान उठ्ने बित्तिकै नित्य क्रिया वा दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ । दिसा लाग्दालाग्दै च्यापेर बस्दा पछि कब्जियत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?