मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइल किन्दा के के कुरामा ध्यान दिने ?

काठमाडौँ– पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले प्रायः स्मार्टफोन नै चलाउँछन् । प्रविधिको विकास भएसँगै बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु पाईन्छन् ।

यदि तपाइ नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने तपाइले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । आज हामी तपाईँलाई स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी दिँदैछौ । 

बजेट– फोन किन्नुभन्दा पहिले तपाइले आफ्नो वजेट सुनिश्चित गर्नुपर्छ ।  तपाईँलाई कति बजेटको स्मार्टफोन चाहिएको हो त्यो छुट्याउनुपर्छ । र आफ्नो आवश्यकता र बजेटबीच तालमेल मिलाउनुपर्छ ।

र्‍याम – तपाई स्मार्टफोन किन्ने तयारीमा हुनुहुन्छ भने कति जीबी भएको मोबाइल उपयुक्त हुन्छ भन्ने बारेमा बुझेर किन्नु राम्रो हुन्छ ।  

ब्याट्री क्षमता– मोबाइल किन्दा उक्त मोबाइलको ब्याट्री क्षमताको बारेमा पनि बुझेर किन्नुपर्छ ।

प्रोसेसर– तपाइले किन्न लाग्नुभएको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । 

स्टोरेज– तपाइले मोबाइल किन्ने सोच बनाउनुभएको छ भने मोबाइलको स्टोरेजमा पनि ध्यान दिन आवश्यक हुन्छ । मेमोरी कार्ड नलाग्ने फोन भएमा पछि स्टोरेज बढाउन सकिँदैन त्यस कारण पहिला नै आवश्यकता अनुसारको स्टोरेज भएको फोन छान्नुपर्छ । 

क्यामेरा– आजभोलि कसैले नयाँ स्मार्टफोन किन्यो भने धेरैको चासो मोबाइलको क्यामेरा नै हुन्छ । त्यस कारण स्मार्टफोन किन्दा क्यामेराको गुणस्तरमा सबैभन्दा बढी ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?