मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मस्तिष्कलाई बुढ्यौली हुन जोगाउने गुणकारी शिलाजित

काठमाडौं – शिलाजीतले शरीरलाई फाइदाजनक पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रदान गर्छ जसले बुढेसकालमा हुने समस्यालाई रोक्छ। शिलाजित एक आयुर्वेदिक जडीबुटी हो जुन पहाडको चट्टानबाट आउँछ। जुन मनमोहक औषधीय गुणले भरिपूर्ण छ ।

यसले शरीरको कमजोरी हटाएर शक्ति बढाउँछ । यसमा एन्टी एजिङ गुण भएको मानिन्छ जसले बुढेसकालका लक्षणहरूलाई टाढा राख्छ। यसको सेवन गर्ने व्यक्ति ६० वर्षपछि पनि भित्रबाट जवान रहन्छ ।

विशेषगरी उच्च पहाडी क्षेत्रमा पाइने शिलाजितलाई शक्तिवर्द्धक खनिज पदार्थ मानिन्छ । यसका धेरै फाइदा हुने भएकाले आयुर्वेदले शिलाजितलाई रसायन भनेको छ । साधारणतया धेरैले शिलाजितलाई यौन क्षमता बढाउने औषधि भनेर चिन्छन् ।

शिला अर्थात् चट्टानबाट निस्किएको खनिज भएकाले यसलाई शिलाजित नाम दिइएको बताइन्छ । यसमा डिबेन्जो–ए–पाइरोन्स, प्रोटिनजस्ता ४० खनिज तत्व हुन्छन् । सूर्यको प्रत्यक्ष किरण पर्ने भीरपाखा र चट्टानमा शिलाजित पाइन्छ । नेपालको मध्य र पश्चिमी हिमाली जिल्लामा शिलाजित पाइन्छ । त्यसमध्ये पनि जुम्ला र मुगुमा यो धेरै उपलब्ध हुन्छ । सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर शिलाजित बन्छ ।

शिलाजितको नियमित सेवनले मस्तिष्कलाई बुढ्यौली हुनबाट जोगाउँछ, टेस्टोस्टेरोनको स्तर बढाउँछ, चाउरी पर्नबाट जोगाउँछ, आइरनको कमी हुनबाट जोगाउँछ, प्रजनन क्षमता बढाउँछ, मुटुलाई स्वस्थ बनाउँछ, हड्डी बलियो बनाउँछ र दुखाइबाट राहत दिन्छ। यति धेरै फाइदाहरूले शरीरलाई पूर्ण रूपमा स्वस्थ बनाउँछ। तर कतिपयलाई शिलाजित सेवनबाट एलर्जी हुन्छ । सिकल सेल एनीमिया र उच्च फलामको स्तर भएका मानिसहरू पनि यसलाई प्रयोग गर्नु हुँदैन ।

यसलाई जथाभावी खानु राम्रो हुँदैन । जम्मा गरिएको कच्चा शिलाजितलाई पहिले शोधन अर्थात् शुद्ध गर्नुपर्छ । यसका लागि गौमूत्रमा १० दिन जति डुबाएर राख्नुपर्छ र त्रिफला चूर्णको काँडामा पकाएर मात्र प्रयोग गर्न सकिन्छ । अर्को तरिका भनेको सूर्यको तापमा शिलाजित सुकाउने हो । पहिले गौमूत्रमा डुबाएर राख्ने र त्यसपछि ठूलो भाँडामा राखेर घाममा सुकाउनुपर्छ ।

घामको तापले गौमूत्रमा घोलिएको शिलाजितमाथि तरजस्तो जम्मा हुँदै जान्छ । त्यसलाई जम्मा गर्दै पुनः अर्को भाँडामा राखेर घाममा सुकाउन सकिन्छ । यसरी पटक–पटक घामको तापमा सुकाइएको शिलाजितलाई सूर्य तापी शिलाजित भनिन्छ । जुन निकै गुणकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?