काठमाडौं – कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पिताम्बर’ को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । शुक्रबार नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो।
फिल्मका बाल कलाकारले मुहूर्त सट दिएको निर्देशक चौलागाईंले जानकारी दिइन्। निर्देशक चौलागाईंको अुनसार फिल्मको पहिलो चरणको छायांकन सुरू गरिएको हो। पहिलो चरणको छायांकन १५ दिनको रहने छ।
फिल्मको पहिलो सेड्युलमा सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव विष्टलगायतको छायांकन गरिनेछ। दोस्रो सेड्युलमा अभिनेता प्रदीप खड्का र सौगात मल्ल जोडिनेछन्।
फिल्मको तीन चरणमा छायांकन हुनेछ। विशाल चौलागाईं निर्माता रहेको फिल्ममा प्रदीप खड्का एक्सन भूमिकामा देखिनेछन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म बजेट ५ करोड अनुमान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया