मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिग्री माइलाको पहिलो गीत ‘सुस्त सुस्त’ मा दयाहाङ र आँचल रोमान्टिक अवतारमा

काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला स् एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमा आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । सिनेमामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?