मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरिवंश भन्छन्, ‘पठन संस्कृतिलाई जगेर्ना गर्नुपर्छ’

काठमाडौं- कलाकार हरिवंश आचार्यले साहित्य बिना समाज बन्दै नबन्ने भएकोले आफ्नाे साहित्य सांस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन्।

बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन्।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा भएको दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने,  हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको  छ । पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ।’

स्थानीय जनप्रतिनिधिबाट पठन संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्कने कार्यक्रम भएको प्रयासको प्रशंसा गरे।

हरिवंशले कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने बताउँदै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैं साहित्यकै नजिक रहेको बताए । आफ्नो कलाकारिता  महजोडीमध्येका एक हरिवंशले आफ्ना जोडी मदनकृष्ण श्रेष्ठलाई सम्झँदै भने, ‘हामी पनि नपत्याउँदो किसिमले साहित्यिक सेवक हौं। हामीले जानेको काम पनि यही हो।’

शुक्रबार र शनिबार चल्ने दुई दिने महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मान समेत गरिएको थियो।स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधिहरुको सहभागी भएका थिए।

स्थानीय सांस्कृतिक झाँकीगाजाबाजाबाट सुरू भएको महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञहरूको उपस्थिति रहने बताइएको छ। महोत्सवमा डा‍‍.भगवान कोइराला, मल्ल के. सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुबिन भट्टराईसम्म वक्ताका रुपमा सहभागी हुँदैछन्।

बुढानिलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिने महोत्सवमा ‘आहा बुढानिलकण्ठ’ र ‘बुढानिलकण्ठ महफिल’जस्ता बुढानिलकण्ठ विशेष सत्र पनि समावेश छन्।

स्थानीय र पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्रहरु छन्। दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?