मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विराटनगरमा सम्पन्न भयो ‘हिप हप’ मेला, अमेरिकी र नेपाली स्टारले दिए प्रस्तुति

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूतावासको सहकार्यमा विराटनगरमा बुधवार हिपहप मेला सम्पन्न भएको छ । अमेरिकी र नेपाली हिप-हप कलाकारहरूले उक्त मेलामा आफ्नो कला देखाए ।

अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएको हो । दूतावासका अनुसार हिप हप संस्कृति र सामाजिक परिवर्तन र अल्पसंख्यक अधिकार सक्रियताका लागि एक शक्तिशाली माध्यमको रूपमा मनाउन यो कार्यक्रमको आयोजना गरिएको हो ।

कन्सर्टमा अमेरिकी हिप हप स्टारहरू र नेपाली र्‍यापर, डान्सरले आफ्नो प्रस्तुति दिएका थिए ।

अमेरिकी र नेपाली हिप-हप संस्कृति बीचको यो एकीकरणले कलाकारहरूका लागि विभिन्न प्रविधि र शैलीहरू प्रयोग गरेर रचनात्मक विचारहरू साझा र सुधार गर्न ठाउँ सिर्जना गरेको दूतावासले जनाएको छ ।

कन्सर्टमा नेपाल हिपहप फाउन्डेसन, व्योमा, फेथम, डी ग्यालेक्सी क्रु, एमसी ग्रोभी र कालुमान, ईस्ट रेन्जर्स क्रू, डीजे एबल ‘सोनु’, अमाजुमी, परी, डीजे फ्लेग, शान्ना लिम, माजी मुताफा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?