मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिबार काठमाडौँमा ‘हिप हप’ कन्सर्ट हुने

काठमाडौँ– शनिबार काठमाडौँमा हिप हप कन्सर्ट हुने भएको छ । दरवारमार्गस्थित होटल अन्नपूर्णमा भोलि (शनिबार) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘हिप हप मेला– खुलौँ, बोलौँ’ नारासहित हिप हप संस्कृति, सामाजिक परिवर्तन र अल्पसंख्यक अधिकार सक्रियताका लागि एक यो कन्सर्ट गर्न लागिएको दूतावासले जनाएको छ ।

कन्सर्टका लागि नेपाली सांकेतिक भाषा अनुवादक रेणु शाह, दिनेश श्रेष्ठ, उमा पौडेल र प्रकाश महर्जन चयन भएका छन् ।

कन्सर्टमा अमेरिकी तथा नेपाली र्‍यापरहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् । यसअघि बुधवार विराटनगरमा यो कन्सर्ट सम्पन्न गरिएको थियो ।

अमेरिकी र नेपाली हिप हप संस्कृति बीचको यो सहकार्यले कलाकारहरूका लागि विभिन्न प्रविधि र शैलीहरू प्रयोग गरेर उनीहरूको रचनात्मक विचारहरू साझा र सुधार गर्ने दूतावासको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?