मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम्प्युटर धेरै ह्याङ्ग हुन्छ? यसरी बनाउनुहोस् सुपरफास्ट

काठमाडौँ– तपाईंको ल्यापटप या कम्प्युटर स्लो भएर हैरान हुनुहुन्छ? कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ ।

अर्को कुरा तपाईंले कुन एप्लिकेसन चलाउनुहुन्छ, त्यसले पनि कम्प्यटुर स्लो बनाउने गर्छ । हेभी एपले कम्प्युटर स्लो त बनाउँछ नै कहिलेकाहीँ भने हाम्रै कमजोरीले पनि कम्प्युटर स्लो हुने गर्छ ।

आज हामीले तपाईँलाई कम्प्युटर छिटो चल्ने बनाउने केही तरिकाहरु बताउँदैछौँ ।

यसरी बनाउनुहोस् फास्ट

– ब्याकग्राउन्डमा खुलिरहेका अनावश्यक प्रोग्रामहरु डिसेबल गर्ने ।
– कम्प्युटरमा भएका अनावश्यक एप तथा प्रोग्रामहरु हटाउने ।
– अस्थायी (टेम्प) फाइलहरू डिलिट गर्ने ।
– कम्प्युटरको डिस्क क्लिन गर्ने र
– कम्प्युटरको सिस्टम डिस्कलाई जति सक्दो खाली राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?