मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एटिएम कार्डको प्रयोग गर्दा यी कुरामा सजग रहनुहाेस्

काठमाण्डौँ– आजभोलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको नै बढी प्रयोग गर्छन् ।

एटिएम कार्ड प्रयोगमा आएसँगै पैसा बाेकेर हिँड्ने र बैंकमा लामो लाइन बसेर पैसा निकाल्नु पर्ने अवस्थाको अन्त्य भएको छ । तर यसमा भने हामी सजग हुनैपर्छ ।

के तपाईलाइ थाहा छ ? एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरु उत्पन्न हुनसक्छन् । आज हामीले तपाईलाई एटिएम कार्डलाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिँदैछौँ ।

यसरी प्रयोग गर्नुहाेस् एटिएम कार्ड

एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने ।

आफ्नो कार्ड नम्बर वा पिन अरुसँग शेयर नगर्ने ।

पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।

आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?