मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख र सलमान खानको नयाँ फिल्म ‘टाइगर भर्सेस पठान’ कहिले हुँदैछ रिलिज?

काठमाडौँ– भारतीय अभिनेताद्वय शाहरुख खान र सलमान खानको शीर्ष भूमिका रहने फिल्म ‘टाइगर भर्सेस पठान’ लाई लिएर यतिबेला चर्चा भइरहेको छ । यसअघि रिलिज भइसकेका दुवै फिल्म ‘पठान’ र ‘टाइगर’ दर्शकले मन पराएका थिए ।

सलमान खानको अभिनय रहेको ‘टाइगर’ सिरिजले दर्शकको मन जित्यो भने शाहरुखलाई शीर्ष भूमिकामा लिइएको ‘पठान’ पनि बक्स अफिसमा ब्लकबस्टर साबित भयो । अब यी दुई फिल्मलाई लिएर नयाँ खुलासा बाहिर आएको छ ।

भारतीय मिडियाका अनुसार ‘टाइगर भर्सेस पठान’ को छायांकन हुँदैछ । तर यसका लागि केही समय भने लाग्नेछ । बलिउडमा यी दुई अभिनेता एकसाथ देखिने भएकाले पनि फिल्मको चर्चा बढ्दो छ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्म सन् २०२६ मा प्रदर्शनमा आउनेछ । फिल्मलाई लिएर सलमान र शाहरुख पनि सकारात्मक भएका छन् । दुवैले फिल्मका लागि समय दिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सिदार्थ आनन्दले निर्देशन गर्ने यो फिल्म शाहरुखको ‘पठान २’ को छायांकनपछि मात्र फ्लोरमा जानेछ । यसअघि सलमान खान र शाहरुख खान फिल्म ‘टाइगर ३’ मा पनि एकसाथ देखिएका थिए । शाहरुख खान उक्त फिल्ममा केमियो भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?