मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बैतडीको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

बैतडी –  बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको हो ।

राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण  केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो । 

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?