मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई दैनिक तीन कप भन्दा बढी चिया र कफी पिउनुहुन्छ ? सावधान

काठमाडौं – धेरै मानिस चिया या कफीका शौखीन हुन्छन् भने कतिपय मानिसलाई चिया या कफीमध्ये एक चीज मात्र मन पर्छ । चिया र कफी दुवैमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरिरका लागि हानिकारक तथा फाइदाजनक दुवै हुन्छ ।

कोलोन विश्वविद्यालयका फार्मेसिस्ट र टक्सीकोलोजिस्ट कुनो गुटलरका अनुसार क्याफिनका कारण मुटुको धड्कन बढ्छ । यसले मष्तिष्कमा रगतको मात्रा बढाउने गर्छ जसले मष्तिष्कमा अक्सिजनको मात्रामा बृद्धी गर्छ ।

अध्ययनका अनुसार अनुसार एक दिनमा २०० ग्राम वा कम कफी पिउनुहोस् स्वास्थ्यका लागी फाइदा जनक रहेपनि दिनमा ३०० ग्राम कफी पिउनुहुन्छ भने, धेरै गम्भीर रोगहरूले तपाईको शरीरलाई असर गर्न सक्छ।

डिप्रेसन : धेरै कफी पिउनाले डिप्रेसनको शिकार बन्न सक्छ । मानसिक रोग, डिप्रेसन र तनावबाट पीडित व्यक्तिहरूले कम्तिमा कफी पिउनुपर्छ। किनभने धेरै कफी पिउनाले शरीरमा कोलेस्ट्रोलको जोखिम बढ्छ। जसले मुटु र शरीरमा नराम्रो र प्रत्यक्ष असर गर्छ ।

मधुमेह: मधुमेह रोगीले गल्तिले पनि धेरै कफी पिउनु हुँदैन किनभने यसले उसको शरीरमा इन्सुलिनलाई बाधा पुर्‍याउँछ। साथै, रगतमा चिनीको मात्रा पनि बढ्न सक्छ।

अनिद्रा : कफी पिएपछि धेरैलाई निन्द्रा लाग्ने समस्या हुन्छ । यस्ता व्यक्ति कफीबाट पूर्णतया टाढा रहनुपर्छ ।

पेटको समस्या: धेरै क्याफिन पिउनाले पेटको समस्या निम्त्याउँछ। धेरैजसोको पेट ठिक हुँदैन । ऊ बारम्बार बाथरुमतिर दौडिन थाल्छ । झाडापखाला जस्ता समस्या सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?