मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘रुमानी रंग’ को मुख्य भूमिकामा धिरज र साम्राज्ञी

काठमाडौं-रोमान्टिक कमेडी फिल्म ‘रुमानी रंग’ निमार्ण हुने भएको छ । निर्माता कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.ले अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी शाहलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गर्ने जनाएको छ ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निमार्ण पक्षले यो फिल्मलाई ‘डायरी’ फेम्ड अनिल योञ्जनले निर्देशन गर्ने जनाएको छ । कथा, पटकथा र संवाद पनि उनकै हुनेछ ।

यसअघि एक्सन फिल्म ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो फिचर प्रोजेक्ट हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा उसले यो फिल्म बनाउन लागेको हो ।

डीब्वाइज अष्ट्रेलियाली लाइन–प्रोड्युसर कम्पनीको रुपमा छ । यो कम्पनीले अष्ट्रेलियामा डमरुको डन्डीबियो, नेप्टे, क्याप्टेन, ए मेरो हजुरसहितका १० फिल्म वितरण गरेको पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिल्मको प्रस्तुतकर्तामा यसअघि अष्ट्रेलिया वितरकको काम गरेका जीएम ठकुरी छन् । फिल्मको सहनिर्मातामा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी रहेको विज्ञप्तिमा उल्लेख छ । चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?