मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुखुराको मासु पखालेर पकाउँनु हुन्छ ? हुनसक्छ यस्ताे खतरा

अधिकांशले कुखुराकै मासु प्रयोग गर्ने गरेको विषय नौलो हैन् । सस्तो र सजिलो भएका कारण पनि यो धेरैको रोजाईमा पर्दा मासु पकाउने विधि व्यक्ति अनुसार फरक–फरक नै हुन्छ । कतिपयको बानी मासुलाई पखालेर मात्रै पकाउने रहेको हुन्छ ।

तर तपाईँको पनि कुखुराको मासु धोएर मात्रै पकाउने बानी रहेको छ भने आज बाट नै छोडिदिनुस् । मासु धोएर पकाएको खण्डमा के हुन्छ भन्ने कुरा आज बताउन गइरहेका छौ ।

कुखुराको मासु धोएर पकाएको खण्डमा मासुमा हुने क्याम्पाइलो’ब्यक्टर नामको ब्याक्टेरिया मासुमा फैलने र खानालाई विषादी बनाउने कारणले गर्दा कुखुराको मास कहिल्यै धोएर पकाउनु हुँदैन ।

कुखुराको मासु पखालेर पकाई खाएको खण्डमा क्याम्पाइलो ब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडापखाला, वान्ता हुने जस्ता समस्या गराउने भएको कारणले गर्दा मासु पखालेर खानु हुँदैन ।

यो ब्याक्टेरियाबाट कसरी बच्ने?

–कुखुराको मासुलाई एकछिन छोपेर यत्तिकै रहन दिनुहोस् 

–कुखुराको मासुलाई छोप्नुहोस् र केही समय फ्रिजको तल्लो भागमा राख्नुहोस् ताकी कुखुरामा रहेको रस अरू खानामा परेर सङ्क्रमण नगराओस्।

–ब्याक्टेरिया कुखुराको मासुमा छ भने पकाएर जान्छ । क्याम्पी लोबाक्टर समेत पाक्छ । पकाउनु अघि पखाल्दा ब्याक्टेरिया झन् फैलिन सक्छन्। त्यसैले मासु कहिल्यै पखाल्नु हुँदैन ।

–कुखुराको मासु बनाउँदा सबै भाँडाहरू सफासँग धोइनुपर्छ, त्यसैगरी चपिङ बोर्ड अनि पकाउने एरिया सफा हुनुपर्छ । मासु छोइसकेपछि हात राम्ररी साबुनले पखालेर धुनुपर्छ। तातो पानीले हात धुनु राम्रो हुन्छ ।यसले क्याम्पी लोब्याक्टरीया फैलिन बाट बचाउँछ ।

–मासुलाई राम्रोसँग पकाउनु पर्छ। एक सय डिग्री सेल्सियसमा पकाउनु उत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?