मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निन्द्रामा घुर्ने व्यक्तिमा आउन सक्छ यस्तो जटिलता 

–घुर्ने समस्या भएका व्यक्तिहरूलाई, श्वास फेर्न गाह्रो भएर जुरुक्क उठ्ने, राति पिसाब फेर्न उठिरहनुपर्ने समस्या हुन्छ ।  

–४०–४५ वर्षको मान्छे हुन्छ प्रोस्टेट बढेर धेरै पिसाब फेरिरहेको छकि भनेर सोच्छौँ, त्यो होइन । श्वास फेर्ने बाटो साँघुरो हुँदा हाम्रो शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुन्छ, जसले गर्दा एक खालको हर्मोन निस्कन्छ । त्यसले धेरै पिसाब गराउँछ । 

–राति ७–८ घण्टा सुतेको छ भने पनि निद्रा नपुगेको जस्तो हुने, सुतौँ–सुतौँ लाग्ने, मुख सुख्खा हुने, टाउको भारी हुने घाँटी दुख्ने पनि हुन्छ ।

–  घुर्ने व्यक्तिहरूमा उठ्न गाह्रो, उठेपछि फ्रेस हुनै गाह्रो हुन्छ । अफिस गयो हाइहाइ आउँछ । मिटिङ बस्यो झुप्प झुप्प हुन्छ । काममा ध्यान नजाने, सम्झने शक्ति कमजोर भइरहने हुन्छ ।

– बाइक हाँकिरहेको बेलामा, गाडी हाँकिरहेको बेलामा एक छिन ट्राफिक जाम पर्दा पनि झुप्प भएको जस्तो हुने हुन्छ । यो एकदमै खतरनाक हुन्छ ।

–यो समस्या बढ्दै गएपछि औषधिका मात्रा बढ्दै जान्छन् । प्रेसरका, सुगरका ग्यास्ट्रिक विभिन्न थरीका औषधि बढाइरहनु पर्ने हुन्छ । 

–कसैको औषधिको मात्रा बढ्दै गएको छ भने सोध्नु पर्ने हुन्छ तपाई राति घुर्नु हुन्छ कि हुँदैन भनेर यदि त्यति मात्रै सोधेर उपचार गराउन सक्यो भने औषधिका मात्रा कम गर्न सकिन्छ । 

–यसको उपचारमा जानुअघि यो कुन खालको घुराइ हो भनेर छुट्याउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?