काठमाडौँ – नायिका पूजा शर्माले मध्यरातमा स्टाटस पोस्ट गर्दै पल शाहलाई जन्मदिनको शुभकामना दिएकी छन् ।
पल जेलबाट निस्किएदेखि झन्डै एक वर्ष उनीहरुबीच पानी बाराबारको अवस्थामा पूजाको स्ट्याटसले सम्बन्धमा नयाँ रौनक ल्याएको छ । उनले पोस्टमा पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन् ।
जसले दुईबीचको आपसी तुष मेटिएको सन्देश दिँदा पछिल्ला समयमा पूजाले पलप्रति सकारात्मक भएको सङ्केत दिने पोस्टहरू नै गर्दै आएकी छिन् ।
यद्यपि पल जेल पर्दा होस या जेलमुक्त हुँदा होस आफूसँगै रहेको सन्देश दिन पूजा लागि परेकी थिइन् । जसलाई फिल्म चलाउने पूजाको निक्जा टेक्निक भन्दै दर्शकहरूले आलोचना गर्दा पल जेलमुक्त भइसकेपछि भने उनीहरूको सम्बन्धमा दरार आएको थियो ।
पछिल्लो समय उनीहरू निकट हुन थालेको यी गतिविधिले सङ्केत गर्दा पूजाको स्ट्याटसमा पलले पनि जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘धेरै धन्यवाद प्रिय पूजा (छाया) तिम्रो न्यानो शुभकामनाका लागि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया