मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रकुलप्रीतले गरिन् ज्याकी भगनानीसँग बिहे

काठमाडौँ – बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह बन्धनमा बाधिएकी छिन् । उनले निर्माता ज्याकी भगनानीसँग विवाह गरेकी हुन् । उनीहरु करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । 

उनीहरूले बुधबार गोवामा विवाह गरेको भारतीय माध्यमहरूले जनाएका छन् । उनीहरूको विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी थिए।

रकुलले आफ्नो विवाहमा तरूण तहिलियानीले डिजाइन गरेको लेहेंगा लगाएकी थिइन् ।

रकुलले सन् २००९ मा कन्नड फिल्म ‘गिली’ बाट अभियनमा डेब्यू गरेकी थिइन्। उनले सन् २०१४ मा ‘यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

यता ज्याकीले ‘कठपुतली’, ‘गणपत’, ‘मिसन रानीगन्ज’ लगायत फिल्म निर्माण गरेका छन्। उनी अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मिया छोटे मिया’ निर्माण गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?