मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कारणले हुन्छ पायल्स? कसरी जोगिने?

जोयनेपाल
832
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौँ– हामीमध्ये कतिपयलाई पायल्सको समस्याले गाँजिरहेको हुन्छ । पायल्स किन हुन्छ भन्ने हामीलाई थाहा हुँदैन तर यसले निकै दुःख दिन्छ ।

दैनिक खानपान बिग्रँदा पनि पायल्स भएको हुन्छ । यसको बेलैमा उपचार नगराए अपरेशन पनि गर्नुपर्ने अवस्था हुन्छ ।

आयुर्वेदिक चिकित्सक डाक्टर विजेन्द्र साहले पायल्स हुनुको मुख्य कारण कब्जियत भएको बताउँछन् । उनका अनुसार खानामा अपच हुँदा कब्जियत हुन्छ । कब्जियत भइसकेपछि दिशा बस्दा बल प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पायल्स हुने सम्भावना हुन्छ ।

‘अहिलेको समयमा धेरै मानिस चर्पीमा जाँदा पनि मोबाइल हेर्ने, पत्रिका पढ्ने गर्छ, लामो समय ट्वाइलेटमा बस्दा पनि पायल्स हुने सम्भावना हुन्छ,’ उनी भन्छन् ।

उनका अनुसार खाने कुरामा पनि ख्याल गर्नुपर्छ । व्यस्त जीवनशैलीका कारणले पनि मानिसले खानपानमा खासै ध्यान दिएको पाइँदैन । यसले गर्दा पनि पायल्स हुन सक्छ ।

भोक लागेको बेला नखाने, राति अबेरसम्म अनिधो बस्ने, आवश्यकताभन्दा बढी खाने गर्दा पनि पायल्स हुने डा. साहको भनाइ छ ।

उनका अनुसार पायल्स हुँदा ट्वाइलेट बस्दा दिशामा रगत आउने, मलद्धारमा मासुको डल्लो पलाउने, मलद्वारबाट सिँगान जस्तो बग्ने, मलद्वारबाट पानी बग्ने र मलद्वार चिलाउने दुख्ने, सुन्निने लगायतका लक्षण देखिन्छन् ।

जंक फुड धेरै खाने, रातो मासु खाने र अदुवा खाने व्यक्तिमा यो समस्या बढी बल्झिएको डा. साह बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?