मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

बलिउडका यी ठूला फिल्म, जो पटक पटक विवादमा मुछिए

काठमाडौँ– सन् २०२३ बलिउडका लागि केही नयाँ र केही खराब रह्यो । सन् २०२३ माकैयौं फिल्म रिलिज भए । जसलाई हेरेर दर्शकले भरपुर मनोरञ्जन लिए । जनवरी महिनामा रिलिज भएका बलिउड फिल्मले पनि राम्रो चर्चा कमाए ।

अघिल्लो वर्ष प्रदर्शनमा आएका अधिकांश फिल्म विवादमा तानिए र ती फिल्म वर्षभरी चर्चाको विषय बने । ‘पठान’, ‘आदिपुरुष’, ‘द केरल स्टोरी’ जस्ता फिल्मले राम्रो कमाई गरे, तर कैयौं विषयलाई लिएर विवादमा तानिए ।

यहाँ सन् २०२३ मा विवादमा तानिएका १० फिल्मबारे प्रस्तुत गरिएको छ ।

पठान

अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ गत जनवरीमा प्रदर्शनमा आएको थियो । यो फिल्ममा अभिनेत्री दीपिका पादुकोणले लगाएको केशरी रंगको बिकिनीले फिल्मलाई धेरै विवादमा तानेको थियो ।

आदिपुरुष

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ पनि विवादमा तानियो । खास गरी यो फिल्ममा प्रयोग गरिएको संवादप्रति आपत्ति जनाइएको थियो ।

फिल्ममा ‘सीता भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद राखिएपछि नेपालमा यो फिल्मको विरोध मात्र भएन, काठमाडौं महानगरपालिकाले उपत्यकाका हलमा फिल्म रिलिज नगर्ने घोषणा नै गर्‍यो ।

महानगरपालिकाको यो निर्णयप्रति समर्थन गर्दै अन्य नगरपालिका र महानगरपालिकाले पनि फिल्म प्रदर्शनमा रोक लगाएका थिए । फिल्म गत जून महिनामा रिलिज भएको थियो ।

द केरला स्टोरी

अदा शर्माको फिल्म ‘द केरला स्टोरी’ गत मे महिनामा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । फिल्मको कथावस्तुलाई लिएर फिल्म विवादमा पनि उत्तिकै तानियो ।

ओएमजी २

अक्षय कुमारको फिल्म ‘ओएमजी २’ अगष्ट २ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले निकै मन पराएका थिए । यो फिल्मको कैयौं दृश्य विवादित पनि बन्यो ।

७२ हुर्रे

फिल्म ‘७२ हुर्रे’ गत जुलाईमा रिलिज भएको थियो । यो फिल्मलाई सेन्सर बोर्डले सर्टिफिकेट दिन पनि अस्वीकार गरेको थियो । यही कारण पनि फिल्म निकै चर्चा र विवादमा तानियो ।

अजमेर ९२

फिल्म ‘अजमेर ९२’ गत जुलाईमा रिलिज भयो । यो फिल्म सन् १९९२ को बलात्कारको घटनामा आधारित थियो । त्यही कारण पनि फिल्मका धेरै दृश्य विवादमा परेको थियो ।

गदर २

सनी देवल र अमीषा पटेलको फिल्म ‘गदर २’ अगस्टमा रिलिज भएको थियो । फिल्मको एक दृश्यमा सनी र अमीषाले गुरुद्वारामा चुम्बन गरेका छन् । यो दृश्यप्रति दर्शकसँगै धार्मिक संघसंस्थाले आपत्ति जनाएका थिए ।

बवाल

वरुण धवन र जाह्नवी कपूरको फिल्म ‘बवाल’ ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो । यो फिल्ममा समावेश जाह्नवीको एक संवादलाई लिएर विवाद सिर्जना भएको थियो ।

एनिमल

रणवीर कपूरको फिल्म ‘एनिमल’ थिएटरमा रिलिज भएको थियो । फिल्मले व्यापारिक हिसाबले राम्रो कमाइ गरेको थियो । यो फिल्ममा प्रयोग भएको हिंसाको दृश्य र महिलाप्रति देखाइएको नकारात्मक व्यवहारले विवादमा तानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?