मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस नेपाल पिस २०२४’ हुने

काठमाडौँ– पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगिताको सातौँ संस्करण घोषणा गरेको हो ।

प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुका अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित लामोसमयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेशासँग सम्बन्धित सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फाराम खल्ती एपमा उपलब्ध रहेको आयोजकले जनाएको छ ।

छनौट चरणमा छानिएका प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?