मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता खानेकुराले बढाउँछ तपाईँको ब्लड प्रेसर 

ब्लड प्रेसर बढ्नु स्वास्थ्यका लागि हानिकारक छ । यसका कारण मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । हाम्रो सामान्य बुझाइमा नुनको अत्यधिक सेवनका कारण ब्लड प्रेसर बढ्छ भन्ने विश्वास छ ।

तर ब्लड प्रेसर बढ्नुमा नुन मात्रै हानिकारक हो भनेर सोच्नु हुन्छ भने तपाई गलत सोचिरहनु भएको छ । अधिक मात्रामा क्याफिन (कफी वा चिया)को सेवन गर्दा पनि ब्लड प्रेसर बढ्न सक्छ । 

ब्लड प्रेसर बढ्ने कारणहरू :
–यदि तपाई रक्सी धेरै मात्रमा पिउनुहुन्छ भने यसको कारण पनि ब्लड प्रेसर बढ्न सक्छ ।

–चाहिनेभन्दा बढी चिनीको सेवनले पनि मुटुसम्बन्धी रोगहरू निम्त्याउँछ र ब्लड प्रेसर पनि बढाउन सक्छ । 

–ब्लड प्रेसरका रोगीले प्रशोधित मासु पनि खानुहुँदैन । यस्ता मासुलाई प्रिजर्भ गरेर राख्न नुनको प्रयोग गरिएको हुन्छ । गालेको अचार, बट्टामा पाइने सुपहरू पनि सकेसम्म खानु हुन्न ।

–अर्को भनेको नुनको मात्रा कम गर्नुपर्छ ।

–धूम्रपान र मद्यपानको सेवन गर्नुहुँदैन । 

– चिल्लो तथा बोसोयुक्त खानेकुराहरूको बढी सेवन गर्नु हुँदैन । तारेको तथा झानेको खानेकुरा, बोसोयुक्त मासु तथा रातो मासुका साथै दूध, दही, घिउको बढी सेवन पनि हानिकारक हुन्छ । 

–चाउचाउ तथा अन्य फास्ट फुड उच्च रक्तचाप भएकाहरूका लागि खानै नहुने चिज हो । एक कप चाउचाउको सुपमा ८८० मिलिग्रामसम्म सोडियम हुन्छ । चाउचाउसँगै धेरै नुन तथा चिल्लो भएका अरू फास्टफुडहरुले पनि रक्तचाप बढाउने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?