मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

काठमाडौँ – १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । फागुन २ गतेबाट शुरूवात भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । 

शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा  राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको हो । 

उक्त प्रतियोगिताको समापनको प्रमुख आतिथ्यता अशेष मल्लले गरेका थिए भने, निर्णायकको भूमिकामा किशोर अनुराग र बाबा बस्नेत रहेका थिए। 

उक्त बाल नाटक महोत्सवमा उत्कृष्ट नाटकका रूपमा माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक ‘आँधीको मनोरम नृत्य’ बन्यो। जसलाई घिमिरे युवराजले लेखेको हुन भने प्रेम प्रसाद खतिवडाले निर्देशन गरेका थिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक अनिश्चित सोच २११२ बाट इच्छा सिंह पुरस्कृत भएकी छिन् । 

महोत्सवमा विभिन्न प्रतियोगी तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए भने, विभिन्न विद्यालयको सहभागिता रहेको थियो ।  

विगत १५ वर्षदेखि विभिन्न सङ्घ संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?