मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेक आइडीको मारमा  बलिउड अभिनेत्री  विद्या बालन, प्रहरीमा दिइन उजुरी

काठमाडौँ – हालका दिनमा फिल्म ‘भूल भुलैया–३’का कारण चर्चामा रहेकी बलिउड अभिनेत्री विद्या बालन फेक एकाउन्टको मारमा परेकी छिन् ।

आफ्ना नाममा फर्जी ,इमेल, इन्स्टाग्राम र ह्वाट्सएप एकाउन्ट बनाइएको थाहा पाएपछि उनले मुम्बईको खार प्रहरी स्टेसनमा उजुरी दिएकी हुन् । 

विद्याको फर्जी एकाउन्टबाट  फिल्म उद्योगमा काम दिने भन्दै झुठो बाचा गर्दै विभिन्न मानिसहरूसँग सम्पर्क गरेका खुलेको छ ।

उनीहरूले ती मानिसहरूसँग पैसा पनि मागेपछि विद्याले प्रहरीमा उजुरी दिएकी हुन् ।

विद्याका अनुसार १७ फेब्रुअरीदेखि १९ सम्म विभिन्न व्यक्तिले विद्यालाई उनको फर्जी इन्स्टाग्राम र जीमेल एकाउन्टबाट पैसा माग्ने र बलिउडमा अवसर दिने भन्दै सन्देश आउन थालेको जानकारी दिएका थिए । यसले उनी तनावमा थिइन् ।

विद्याका डिजाइनर प्रणयका नामबाट ह्वाट्सएपमा आफू विद्या भन्दै सन्देश आएको थियो । प्रणयले त्यो आफ्नो नम्बर नभएको उल्लेख गरेकी छन् ।

विद्याको उजुरीका आधारमा सूचना प्रौद्योगिकी अधिनियमको धारा ६६ ‘सी’ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?