मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाने बेलामा मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या 

काठमाडौँ– पछिल्लो समय सबैको हात हातमा स्मार्टफोन पुगेका छन् । धेरै मानिसले  गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने गर्दछन् । विशेष गरी बालबालिका, किशोर र युवामा यस्तो बानी हुन्छ । 

तर के तपाइलाई थाहा छ खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

आज हामी तपाईँलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरूका बारेमा जानकारी दिँदै छौँ । 

१. आवश्यकता भन्दा कम वा धेरै खाना खाइनु खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि मोबाइल चलाउँदै खाना खानुभयो भने कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा हुँदैन र खाना खाने बानीमै प्रत्यक्ष असर पर्छ ।

२. पाचन प्रणालीमा असर  खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा मानिस बिरामी पर्न सक्छन् ।

खाना खाने समयमा मोबाइल खेलाउन थाल्नुभयो भने खाना राम्रोसँग चपाउन बिर्सिइन्छ । जसका कारण पाचन प्रणालीलाई असर पुग्ने चिकित्सकहरूको भनाई छ । 

३. मोबाइल दुर्व्यसनीको खतरा खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन गाह्रो पर्छ । 

४. समग्र स्वास्थ्यका लागि हानिकारक खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरूको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएको क्यालोरीको सङ्ख्यालाई असर गर्दछ । मुख र स्क्रिनमा हात डुलाउँदा कीटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ । 

५. पारिवारिक सम्बन्ध कमजोर यदि तपाईँ खाना छोडेर सधैँ मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईँको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?