मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्ता लाग्यो ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु

काठमाडौँ – खगोलविद्हरूले ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु पत्ता लगाएका छन्  जुन सूर्य भन्दा पाँच सय ट्रिलियन गुणा उज्यालो छ।

चिलेस्थित ‘भेरी लार्ज टेलिस्कोप’ (भीएलटी) बाट गरिएका अवलोकनबाट उक्त खगोलीय वस्तु कति शक्तिशाली छ भन्ने पुष्टि भएको हो।

उक्त क्वेजारलाई वैज्ञानिकहरू जे०५२९–४३५१ (J0529-4351) नामकरण गरेका छन्। खगोलशास्त्रीहरू एक प्रकारको एक्टिभ गल्याक्टिक न्यूक्लिअस (एजीएन) लाई क्वेजार भन्छन्।

यो अन्तरिक्षमा हाल सम्म हामीले  देखेको  अहिलेसम्मकै सबैभन्दा चम्किलो वस्तु हो। यो आकाशगङ्गाको अत्यन्त सक्रिय र उज्यालो कोर हो, जुन सुपरमासिभ ब्ल्याक होलद्वारा सञ्चालित हुन्छ।

वैज्ञानिक जर्नल ‘नेचर अस्ट्रोनमी’मा प्रकाशित एउटा सामग्रीमा वैज्ञानिकहरूले उक्त ब्ल्याक होल ‘निकै खन्चुवा’ भएको बताएका छन् । यसले प्रत्येक दिन एउटा सूर्यको जति पिण्डमान निल्ने गरेको वैज्ञानिकहरू बताउँछन् । 

 यसलाई ब्रह्माण्डीय आँधी पनि भनिन्छ।  यो ब्ल्याक होलको वरिपरि घुमिरहेको डिस्क जस्तो देखिन्छ।  क्वासरमा खिच्ने  पदार्थले यति धेरै ऊर्जा उत्सर्जन गर्छ कि यो सूर्यभन्दा  खरबौँ गुणा बढी चम्किलो देखिन्छ।

 यो क्वासार पृथ्वीबाट १२ अरब  प्रकाश वर्ष  टाढा ब्रह्माण्डको गहिराईमा अवस्थित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?