मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइल पानीमा खस्यो, अब के गर्ने ?

काठमाडौँ– आजभोलि धेरै मानिसले स्मार्टफोन प्रयोग गर्ने गर्छन् । यसमा मानिसको लागि आवश्यक पर्ने धेरै सुविधा पनि उपलब्ध हुन्छन् ।

मानिसहरू खाना खाँदा, बाथरुम जाँदा वा काम गर्दा पनि मोबाइलमा चलाउने बानी धेरैलाई परेको हुन्छ । जसका कारण कहिलेकाहीँ हाम्रो मोबाइल पानीमा खस्न सक्छ ।

यसरी मोबाइल पानीमा खस्दा के गर्ने भनेर धेरै थाहा हुँदैन् । तपाईँको फोन पानीमा खसेर भिज्यो भने तलका उपायहरू अपनाउन सक्नुहुन्छ :

– तपाईँको मोबाइल पानीमा खस्यो भने सबैभन्दा पहिले यसलाई बन्द गर्नुहोस् । 

– त्यसपछि ब्याट्री, सिम कार्ड, मेमोरी कार्ड फोनबाट अलग गर्नुहोस् । 

– यदि तपाईँको फोन ब्याट्री निकाल्न नमिल्ने खालको छ भने फोन बन्द नभएसम्म पावर बटन थिच्नुहोस् । 

– फोन सामानहरू अलग अलग गरिसकेपछि फोनका सबै भागहरू सुक्न दिनुहोस् । 

– जब फोन राम्रोसँग पूरै सुख्खा हुन्छ त्यसपछि सबै मात्रै अन गर्नुहोस् । तैपनि तपाइको फोन खुलेन भने मर्मत केन्द्रमा लैजानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?