मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुखानमा विद्रोही महिलाको भूमिकामा नीतिले अभिनय गर्ने

काठमाडौं – फिल्म रुखानमा नीति शाहले विद्रोही महिलाको भूमिकामा अभिनय गर्ने भएकी छिन् । अभिनेता सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा उनी एक विद्रोही महिलाको भूमिकामा अभिनय गर्न लागेकी हुन् ।

यो फिल्म चलचित्र चार भाषा नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरीमा निर्माण हुने छ । कृष्ण थापा ‘अस्ट्रेलिया’ र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रूपक घिमिरेको कथा छ । कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । यसमा अर्जुन पोखरेलको सङ्गीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा।लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?