मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

काठमाडौं – दयाराङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को ट्रेलर सार्वजनिक भएको छ । अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ को ट्रेलर ३ मिनेट लामो छ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राईले रंगेलीको महाराज बन्न गरेको संघर्षलाई देखाइएको छ।

सुवेदीकै लेखन रहेको फिल्ममा मिरूना मगर, दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?