मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेनुकाको पहिलो गीत ‘पल्लो गाउँकी सान्कान्छी’ सार्वजनिक

काठमाडौं – मेनुका पौडेलको डान्सिङ नम्बरको गीत ‘पल्लो गाउँकी सान्कान्छी’ सार्वजनिक भएको छ । इन्डियन आइडलबाट बाहिरिएपछि मेनुकाको पहिलो गीत ‘पल्लो गाउँकी सान्कान्छी’ सार्वजनिक भएको हो ।

उमेश राउतको शब्द र सङ्गीतमा रहेको उक्त गीतमा मेनुका पौडेल र सुदीप लामाको आवाज छ। मायाप्रेमको नै विषय भए पनि मेनुकाका यसअघिका गीतभन्दा फरक किसिमको गीत सान्कान्छाको लिरिकल भर्सन सार्वजनिक छ ।

बुद्ध स्याङ्बोको सङ्गीत संयोजन रहेको गीत ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन्। लिरिकल भिडियो दिपेश गिरीले बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?