मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के दही खानु स्वास्थ्यका लागि राम्रो हो ?

काठमाडौं – धेरैले दही खाने गर्छन् । यसले तपाईको खानाको थालीको स्वाद मात्र बढाउँदैन, तर यसलाई खाँदा तपाईको स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ, जसको बारेमा तपाईले धेरै ठाउँमा देख्नु, पढ्नुभएको वा सुन्नु भएको होला ।

दही धार्मिक र स्वास्थ्य दुवै दृष्टिकोणले महत्वपूर्ण छ । धार्मिक दुष्टीले कुनै पनि शुभ काम वा यात्रा अघि दही खानु राम्रो मानिन्छ । दही खाएर यात्रा गर्दा काममा सफलता पाइने विश्वास छ । यस्तै दही स्वास्थ्यको लागि पनि निकै फाइदाजनक छ ।

दहीमा भिटामिन र प्रोटिन भरपुर हुने भएकाले यसको सेवनले धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । यसमा भिटामिन ए, भिटामिन डी, भिटामिनबी १२, आइरन, प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन लगायतका तत्वहरु पाइन्छ ।

यस्ता छन् दही खाँदाका फाइदाहरु दादमा ( दहीले दाद पनि ठिक गर्छ । दहीमा नीमको पात पिनेर लगाउने गरेमा दाद जान्छ । पत्थरी भएमा ( यदि पत्थरी भएमा पनि दहीको सेवन फाइदाजनक हुन्छ ।

कण्ठकारीको जराको चूर्ण आधा चम्चा १ गिलास दहीमा फिटेर १ हप्ता खानाले त्थरी भएको ठीक हुन्छ । हड्डी बलियो बनाउने ( दहीमा प्रशस्त क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउछ । पाचन प्रक्रिया ( दहीको सेवनले पाचन प्रक्रियालाई स्फूर्त बनाउन सहयोग पुर्याउछ निद्रा ( दहीको सेवन गरेमा राति निद्रा आनन्दले लाग्छ । राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही खानु राम्रो हुन्छ ।

रगतको कमजोरी हटाउँने ( दहीको नियमित सेवनले रगतको कमि तथा कमजोरी हटाउँछ। पायल्स रोग ( पायल्स रोग भएकाहरुलाई दही निकै उपयोगि मानिन्छ । यस्ता समस्या भएकाहरुले दिउँसो भोजनसँग खाँदा राम्रो हुन्छ । पेटको समस्या समाधान ( दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको समस्या समाधान हुन्छ ।

पेटमा गडबडी हुँदा दहीमा बिरे नुन हालेर खाँदा राम्रो हुन्छ । अन्य फाइदा ( दहीले मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई ठिक गर्छ । यसले कोलस्ट्रोल बढ्न पनि दिदैन । इम्यून सिस्टमलाई दह्रो बनाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?