मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौगातको अभिनयका कारण ‘अगस्त्य’ ले मच्चाउला धमाका?

काठमाडौँ– अभिनेता सौगात मल्लको पृथक अभिनय रहेको फिल्म ‘अगस्त्य–च्याप्टर वान’ यही फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मको फस्ट लूक सार्वजनिक भएदेखि नै चर्चा कमाइरहेको छ ।

फिल्ममा सौगात मल्ल फरक भूमिकामा देखिएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा सौगात एक्सन अवतारमा देखिएका छन् ।

विदेशी एक्सन फिल्मले नेपाली बजारमा राम्रो व्यापार गरिरहेका बेला घरेलु फिल्मले कस्तो व्यापार गर्नेछ त्यो भने रिलिजपछि नै थाहा हुनेछ । कतिपय फिल्मकर्मी पनि एक्सन जानराको यो फिल्म चल्नु नेपाली फिल्म उद्योगकै लागि राम्रो हुने तर्क गर्छन् ।

फिल्ममा सौगात एक्सन अवतारमा देखिएका छन् । विभिन्न अवतारमा देखिएका सौगातको यो लूक र ट्रेलरमा देखिएको उनको अभिनयलाई लिएर दर्शकले तारिफ समेत गरेका छन् ।

‘अगस्त्य’ मा सौगातका अलावा मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । एक्सनले भरिपूर्ण फिल्मको ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

त्यसो त नेपाली फिल्म ट्रेलर र पोस्टरमा राम्रो हुने तर फिल्ममा दर्शकको चित्त बुझाउन नसक्ने पहिलेदेखिकै समस्या हो । यद्यपि यो फिल्ममा भने निकै मेहनत गरेको ट्रेलरबाट स्पष्ट हुन्छ ।

फिल्म कस्तो बनेको छ र दर्शकको प्रतिक्रिया कस्तो प्रतिक्रिया आउँछ, त्यसका लागि भने प्रदर्शन मितिसम्म कुर्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?