काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले नामिबियाको सामना गरिरहेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले अहिले नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।
खेलमा ६९ रन बनाउँदा नामिबियाले तेस्रो विकेट गुमाएको छ । १२ ओभर १ बलमा नेपालका कुशल मल्लले नामिबियाका माइकल भान लिङ्गनलाई आउट गरे ।
क्रिजबाट अगाडि बढेर मल्लको बलमा ठूलो सट खेल्न खोज्दा विकेटकिपर आशिफ शेखले उनलाई स्टम्पिङ गरेका थिए । आउट हुनुअघि उनले ३४ बलमा ३१ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया