मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाने बेलामा मोबाइल चलाउँदा हुनसक्छ यस्तो समस्या

काठमाडौं– पछिल्लो समय सबैको हातहातमा स्मार्टफोन पुगेको छ । धेरै मानिसले गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने गर्दछन् । विशेषगरी बालबालिका, किशोर र युवामा यस्तो बानी हुन्छ ।

तर के तपाइलाई थाहा छ खानपानको समयमा मोबाइल चलाउदा यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । आज हामी तपाईंलाई खाना खाने समयमा मोबाइल वा ल्यापटप चलाउँदा पर्ने असरहरुका बारेमा जानकारी दिदैछौं ।

१. आवश्यकता भन्दा कम वा धेरै खाना खाने जोखिम

खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदी मोबाइल चलाउँदै खाना खानुभयो भने कुन बेला पेट अघायो वा पेट अघाएको थाहा हुँदैन र खाना खाने बानीमै प्रत्यक्ष असर पर्छ ।

२. पाचन प्रणालीमा असर

खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा मानिस बिरामी पर्न सक्छन् । खाना खाने समयमा मोबाइल खेलाउन थाल्नुभयो भने खाना राम्रोसँग चपाउन बिर्सिइन्छ । जसका कारण पाचन प्रणालीलाई असर पु‍ग्ने चिकित्सकहरुको भनाइ छ ।

३. मोबाइल दुर्व्यसनीको जोखिम

मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन गाह्रो पर्छ ।

४. समग्र स्वास्थ्यका लागि हानिकारक

खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरुको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

पोषणविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएको क्यालोरीको मात्रामा असर गर्दछ । मुख र स्क्रिनमा हात डुलाउँदा किटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ ।

५. पारिवारिक सम्बन्ध कमजोर

यदि तपाईं खाना छोडेर सधै मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईंको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?